Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ आज जेठ १२ गते बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आज आज झुटबोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योजना बन्ने योग छ । चिन्ता छाडेर मनन चिन्तन गर्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आज दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
आज अधुरो कामको थालनी हुनसक्छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ र नयाँ कार्यको थालनी हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077