Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षी चार दललाई माधव नेपालको साथ, ओलीको कदमविरुद्ध पुनः अदालत जाने निर्णय

काठमाडौं । विपक्षी गठबन्धनमा रहेका पाँच राजनीतिक दलहरूले प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने निर्णय गरेका छन् । पाँच राजनीति दलले प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको ठहर गर्दै अदालत जाने निर्णय गरेको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गर्दै अदालत जाने निर्णय गरेको हो ।

संयुक्त प्रेस वक्तब्यमा भनिएको छ–‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं ।’

यसअघि पनि पुस ५ गतेको संसद विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077