Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनबारे विज्ञहरुसँग परामर्शमा गर्दै सभामुख सापकोटा

काठमाडौं । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विज्ञहरुसँग छलफलमा रहेका छन् ।

सभामुख सापकोटाले विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफल चलाएका हुन् । शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

न्यौपानेले भने–‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ ।’ तर, अहिलेसम्म सभामुखको धारणा भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077