Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीद्वारा देउवालाई समर्थन गर्ने नेपालसहितका सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा दर्ता !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका माधव नेपालसहित एमालेका सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएका छन्।

एमालेका नेपाल पक्षका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै उनीहरुलाई दलको साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको हो ।

अध्यक्ष ओलीनिकट स्रोतका अनुसार उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको हो। कारबाहीको पत्र राष्ट्रपति कार्यलयमा दर्ता भएको स्रोतको भनाइ छ।

कामचलाउ प्रधानमन्त्री ओलीले कारबाहीको हस्ताक्षर गरेको पत्र कानुनी सल्लाहकार बाबुराम दाहालले भर्खरै राष्ट्रपति कार्यलयमा दर्ता गरेका हुन् ।

दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि ओली समूहले डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको हो ।

यसअघि संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउने क्रममा जसमा नेकपा एमालेको नेपालसहित २६ सांसदले पनि हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077