Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी

    बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन् कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेका छन् ।

    केही बेरअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि देउवा निवास पुगिसकेका छन् भने जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईपनि देउवा निवास पुग्ने क्रममा रहेका छन्



    स्रोतका अनुसार अहिलेको विपक्षी गठबन्धनको बैठकमा राष्टपतिमाथि महाअभियोग लगाउनेबारे छलफल हुने बताईएको छ । यसको संकेत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै गरिसकेका छन्।



    बिहीबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका आह्वान गरेकी थिइन्। उनले आज बेलुका ५ बजे सम्मको समय दिएकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार