Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'बादल'का साथ हेटौँडामा रहेका बाँस्कोटाले भने - बादल लागेको छैन, मौसम राम्रो छ

मकवानपुर।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले हेटौँडामा बादल मात्र नलागेर पानी पनि पर्दा मौसम झनै राम्रो भएको टिप्पणी गरेका छन् ।

नेता बाँस्कोटाले यो कुनै मौसमको बारेमा जानकारी गर्नलाई गरिएको टिप्पणी भने कदापी होइन, त्यसो त उनी यतिबेला बागमती प्रदेशस्तरिय राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेका उमदेवार रामबहादुर थापा बादललाई जिताउन भन्दै हेटौँडामा रहेका छन्।

आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने मतदानको उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री ‘बादल’, विपक्षी गठबन्धनको समर्थन पाएका एमालेका नेता माधव नेपाल समूहका खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

मतदानस्थलमा मतदान जारी भैरहँदा कतिपयले आज नेता बादललाई मौसमले साथ नदिएको र बादल लाग्दै पानी पनि परेकोबेला बादलले चुनाव हार्न सक्ने टिप्पणी गरेका बेला नेता बाँस्कोटाले मतदान र मतलाई लिएर यस्तो बताएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077