Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फेरि भुलभुले आसपासमै गयो ५ दशमलव ३ रेक्टरको भूकम्प, पाँच घाइते

काठमाडौँ । लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसअघि आज बिहान ५ बजेर ४२ मिनेट जाँदा भुलभुले केन्द्रविन्दु ५ दशमलव ८ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पमा परी पाँच जना घाइते तथा दर्जनौँ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । अहिले गएको भूकम्प सोही भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस गरिएको छ । आज गएका दुवै भूकम्प २०७२ को वैशाखमा गएको भूकम्पका परकम्प रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077