Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ अनुदानको १८ हजार खाली सिलिण्डर तातोपानी आइपुग्यो

काठमाडौँ। सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याई पुर्याएको छ । आज स्थलमार्ग हुँदै १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अनुसार १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । 'चीन सरकारले तातोपानी नाकामा सिलिन्डर  हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ,'उनले भने ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो ।

यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077