Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव पक्षका नेताहरु 'जूम' मिटिङमा, चपली हाइटबारे ब्रिफिङ हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठक बसेको छ।

बैठकमा नेता नेपालले हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग बुढानीलकण्ठस्थित चपली हाइटमा भएको वार्ता र सहमतिबारे आफू पक्षीय नेताहरुलाई ब्रिफिङ गराएका छन्।

कोरोना भाइरसका कारण आजको बैठक अनलाइन (जुम)मार्फत् बसेको नेपाल पक्षका एक नेताले जानकारी दिए। ती नेताका अनुसार आजको अनलाइन बैठकमा २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी कार्यदल बनाउन लागिएको छ ।

यस्तै, नेता नेपालले आज दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेर कार्यदल पेश गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077