Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अन्तत : पार्टी कार्यालयदेखि होटलसम्म मिल्न नसकेको सहमतिलाई 'चपली हाइट'ले मिलायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा केही दिन पछि सरेको बताएका छन् ।

आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बूढानीलकण्ठ, चपली हाइटस्थित रामेश्वर थापाको घरमा झण्डै चार घण्टा छलफल गरेपछि नेता नेपालले राजीनामाको कुरा केही दिनलाई पछि सरेको बताएका हुन्।

एमाले विवाद समाधानतर्फ अघि बढेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आजको छलफल सकारात्मक रहेको बताए।

'छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला अनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ,’ नेता नेपालले भने ।

नेता नेपालका अनुसार यसअघि पटकपटक पार्टी कार्यालयदेखि होटेलमा भएको भेटवार्ता असफल भएको बेला आजको वार्ता भने सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077