Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटार जान मानेनन् नेपाल, बुढानीलकण्ठमा ओलीसँगको वार्ता शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार काठमाडौंको बुढानीलकण्ठस्थित एक व्यवसायीका घरमा उनीहरू वार्तामा जुटेका हुन् ।

यसअघि अध्यक्ष ओलीले नेता नेपाललाई बालुवाटारमा बोलाएको भएपनि नेपाल नमानेपछि वार्ताको लागि छुट्टै स्थान तय गरिएको जनाइएको छ।

पछिल्लो समय अध्यक्ष ओली र नेपालबीच नक्सालको मेरियट होटेलमा वार्ता भएको थियो। तर त्यतिबेला लगातार दुई दिन भेटवार्ता भएपनि कुनै सहमति भने जुटेको थिएन।

आजको वार्तमा अध्यक्ष ओलीले नेता नेपाललाई राजिनामा रोक्न आग्रह गर्ने तथा नेता नेपालले आफ्ना मागहरुका बारेमा छलफल गर्ने स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077