Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानुन दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनिन् - न्यायमा सहज पहुँच सुनिश्चित होस्

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज अपराह्न सामाजिक सञ्जालमा ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन्।

उनले लेखेकी छिन्,'कानुन दिवस २०७८ को अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् ।'

https://twitter.com/PresidentofNP/status/1391278086960816128

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077