Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको कटाक्ष - देउवा र प्रचण्डका लागि पार्टी चोइट्याउनेहरु पछुताउने छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीका नेता माधवकुमार नेपालप्रति कटाक्ष प्रकट गरेका छन्।

बाँस्कोटाले नेता नेपाललाई कटाक्ष प्रकट गर्दै पार्टी फुटाउन तल्लीन रहेको भन्दै छेकबार लगाउन नहुने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन्।

'देश,जनता र आफ्नो पार्टीका लागि नभएर नचाहिएको अत्तो थापेर अरुकै लागि कसैले हाराकिरी गर्छ । र, त्यसैलाई महान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान कार्यमा छेकबारको प्रयास के काम ?' उनले ट्वीट गरेका छन्।

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि पार्टी चोइटाउन कृतशंकल्पित हुनेलाई पछुताउने हुने आशय व्यक्त गरेका छन्।

https://twitter.com/GokulPBaskota/status/1391239828054757379

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077