Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'राजनीतिमा उधारो सम्झौता हुदैन, युद्धमा होमिएपछि विजय र मृत्युको बराबर सम्भावना हुन्छ'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले राजनीतिक बिषयमा उधारो सम्झौता हुननसक्ने उल्लेख गरेकी छिन्।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकताका बिषयमा छलफल भइरहेको समयमा नेपाल पक्षकी नेत्री झाँक्रीले यस्तो उल्लेख गरेकी हुन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले लेखेकी छिन्, 'राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन । राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन।
युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।'

https://www.facebook.com/jhakri.rk/posts/10158199328800814

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077