Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पार्टी एकताका बिषयमा सहमति भएको छैन, भ्रममा नपरौं : माधव नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेसम्म पार्टी एकता सम्बन्धी कुनै सहमति नभएको उल्लेख गरेका छन्।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले पार्टीलाई सुदृढ र एकतावद्ध गर्न निरन्तर छलफल गरेको भएपनि नेता नेपालले अहिलेसम्म कुनै सहमति नभएको उल्लेख गरेका हुन्।

विहीबार पार्टीका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटवार्ता र फोन संबादलाई लिएर पार्टी एकता भयो भन्ने भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले हामीले निर्माण अग्रेको पार्टीमा हामी एकता चाहन्छौं, हामी वार्ता र लचकता अपनाउछौं तर ओलीले गरेको एकलौटी निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।

२०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो भन्दै बरिष्ठ नेता नेपालले सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान समेत गरेका छन्।

https://www.facebook.com/madhavnepaluml/posts/1717090441810737

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077