Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ आज बैशाख २० गते सोमबारको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ ।

वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा 
आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
आज बोलीवचन, प्रवचन रभाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो 
आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
आज वाणीमा कुशलता आउने दिन परेको छ । नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते
भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु 
आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना होला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा 
आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि 
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा झंझट र समय खर्चनु पर्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । (ज्यो०प० नारायणप्रसाद दुलाल)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077