Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निषेधाज्ञा थप कडा बनाइँदै : आन्तरिक तथा बाह्य उडान बन्द हुन सक्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठकका एजेण्डा भने खुलाइएको छैन तर नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बुझिएको छ ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतको भनाइ छ । सीसीएमसीले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण डढेलो सरी फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको छ भने निषेधाज्ञालाई थप कडा गर्ने निर्णय पनि गरेको छ ।

सीसीएमसीको बैठकले कोरोना अतिप्रभावित मुलुकहरु भारत, बेलायतसहित१० मुलुकबाट नेपालमा हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो । तर, ट्रान्जिट हुँदै आउने विमान भने नरोकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077