Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कोरोना संक्रमितले अस्पतालकै शौचालयमा गरे आत्महत्या

काठमाडौं। रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए पनि शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा उनले झुण्डिएर आत्महत्या गरेका अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना भएका उनले आत्महत्या गरेका हुन् । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077