Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवका दाजु वीरजंग पनि चितवनबाट धरौटीमा रिहा

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका छन् ।

चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेका अनुसार जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको हो। उनलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको छ । ‘हाम्रा साथीहरुले उहाँलाई नवलपरासी ९सुस्ता पश्चिम०को अदालतमा छाडेर आउनुभयो,’ जेलर काफ्लेले भने ।

यसअघि पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेका वीरजंग अहिले भने सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख जेलर काफ्लेको भनाइ छ।

वीरजंग विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा कारागार चलान थिए।

यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।

गत फागुनमा सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ ।  हिजो बिहिबार सङ्खुवासभा जिल्ला कारागारमा रहेका उपत्यका इन्चार्ज माइला लामा पनि धरौटीमा  रिहा भएका  थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077