Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अक्सिजन सिलिन्डर घरमा थुपारेर नराख्न सरकारको आग्रह

काठमाडौँ । सरकारले घरमा अक्सिजन सिलिन्डर थुपारेर नराख्न सबैमा आग्रह गरेको छ।

अक्सिजन ओसार्ने सिलिन्डर सीमित भएकाले सिलिन्डर घरमा थन्किँदा एक ठाउँबाट अर्को ठाउँमा लैजान समस्या हुने भएकाले त्यसो नगर्न सरकारले आग्रह गरेको हो ।

घरमा अक्सिजन नराख्न बरु कोरोना सङ्क्रमण भएर घरमै आइसोलेशनमा बस्दा अक्सिजनको मात्रा घटेजस्तो लागेमा, श्वास फेर्न गाह्रो भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गएर परामर्श लिन भनिएको छ ।

अहिले नै अक्सिजनको अभाव हुने अवस्था आइनसकेकाले चिन्तित भइहाल्नुपर्ने अवस्था नभएको र जनस्वास्थ्यको मापदण्डको पालना गर्दै जाने हो भने डराउन नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र ११३३ मा चौबीसै घण्टा फोन गरेर एम्बुलेन्स बोलाएर नजिकै रहेको अस्पतालमा स्वास्थ्य जाँच गराउन सकिनेछ । उपत्यका बाहिर तोकिएको ठाउँबाट जानकारी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077