Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौँ उपत्यकामा दुई साता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा दुई सातासम्म निषेधाज्ञा गरिने भएको छ ।

मन्त्रिपरिषद्ले एक साताले अवस्था सामान्य हुन नसक्ने भन्दै थप एक साता निषेधाज्ञाको म्याद बढाएको हो । अब निषेधाज्ञा वैशाख १६ देखि २९ गतेसम्म गरिने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २२ गते राति १२ बजेसम्म मात्र निषेधाज्ञा जारी गरेको थियो । सो अवधिमा अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भएको छन् । यो अवधिभर निजी र सार्वजनिक सवारी साधन दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

यसअघी तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमबार साँझ आदेश जारी गरी यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका थिए ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साताका लागि जारी गरेको निषेधाज्ञाले मात्र नपुग्ने भन्दै मन्त्रिपरिषद् बैठकले एक साताले थप गर्ने निर्णय गरेको हो ।

१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी र शहरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077