Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल टी २० मा सर्वाधिक रन बनाउने विश्वकै पाँचौँ खेलाडी

काठमाडौं । सन् २०२१ को अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालका कुशल भुर्तेल सामेल भएका छन् ।

भुर्तेल सर्वाधिक रन बनाउने विश्वकै पाँचौँ खेलाडी बनेका छन् । नेदरल्यान्डविरुद्धको खेलमा ७७ रन बनाएपछि कुशलले भारतका कप्तान विराट कोहलीलाई उछिनेका छन् । कोहली छैठाँै स्थानमा छन् ।

सर्वाधिक रन बनाउने सूचीमा पाकिस्तानका महोम्मद रिजवान पहिलो, न्युजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानकै बाबर आजम तेस्रो, न्युजिल्यान्डका डिपी कनवे चौथो, नेपालका कुशल भुर्तेल पाँचौ र भारतका विराट कोहली छैटौं स्थानमा छन् ।

यस वर्ष सर्वाधिक टी–२० रन बनाउने क्रममा महोम्मद रिजवानले ९ खेलमा ४ सय ३९ रन बनाएका छन् । आठ खेल खेलेर मार्टिन गुप्टिलले ३ सय १८ रन बनाउँदा बाबर आजमले ९ खेलमा ३ सय २ रन बनाएका छन् ।

डिपी कनवेले ८ खेलमा २ सय ९९ रन बनाउँदा भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका हुन् । भारतका कप्तान कोहलीले यस वर्ष अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ३१ रन बनाएका छन् ।

काठमाडौंमा सम्पन्न त्रिदेशीय टी–२० अन्तर्रांष्ट्रिय शृंखलामार्फत टी–२० मा डेब्यु गरेका भुर्तेल यो प्रतियोगिता नसकिदैं स्टार ब्याट्सम्यान बनिसकेका छन् । उनी टी–२० खेलमा आईसीसीको शीर्ष १ सयभित्र पर्न सफल भएका छन् ।

कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन् ।

यसैबीच भुर्तेल घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा प्लेयर अफ दि सिरिज चुनिएका छन् । प्लेयर अफ दि सिरिज बनेका भुर्तेलले पल्सरको एनएस–२०० सीसीको मोटरसाइकल प्राप्त गरे ।

कुशल एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077