Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ आज बैशाख १२ गते आइतबारको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज रोकिएका कमहरूले चिन्ता बढाउनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्छ । न्यायिक कार्य पनि कमजोर नै रहनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । नोकरी गर्नेले मानसम्मान पनि पाउनेछन् ।

तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला । खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।

मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज धर्मकर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । (ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077