Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

आज सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै उनीहरुले सपथ लिएका हुन् ।

आजै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट बाहिरिसकेका छन्।

राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलसमक्ष राजिनामा पत्र बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077