Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'जंगलमा शेर झैँ राज गरेका विप्लव ओलिसामु भिजेको मुसा झैँ'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द 'विप्लव' र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता  छ।

गत फागुन २३ गते सरकार र विप्लव समूहबीच तीन बुँदे शान्तिपूर्ण सहमति भएको दुई महिनाभन्दा धेरै भइसक्दा पनि सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएपछि विप्लवले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

बालुवाटारमा विप्लवले प्रधानमन्त्रीलाई सहमति भएको यतिका दिन बितिसक्दा पनि हाम्रा नेता कार्यकर्ता किन नछुटेको ? ’ भन्दै प्रश्न गरेका थिए । तर, ओलीले सरकारले यथाशक्य छिटो बन्दी रिहाइको तयारी गरेको र मुद्दा खारेजी हुने भन्दै छिटै छुट्ने प्रतिक्रिया दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकर सुर्य थापाले जानकारी दिए।

तर, सरकार विप्लव समूहबीच भएको सहमति अन्तर्गत बन्दी रिहाइ अझै कार्यान्वयन नभएपछि हैरान देखिएका विप्लव ओलीको निर्णय देखि असन्तुष्ट रहेको बुझिन्छ।

सरकारसँग सहमति हुनुअघि भूमिगत रूपमा सरकारलाई चुनौती दिइरहेको विप्लव समूह प्रतिबन्ध फुकुवासँगै कमजोर भएको छ ।

बेला–बेला आफुहरुसँग भएको सहमतिलाई खोज्दै वालुवाटार धाउनुपर्ने बाध्यता बनेसँगै जंगलमा शेर झै बसेका विप्लव आजकाल भिजेको मुसा झै बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077