Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा ओलीको तारिफ : विकास देख्दैनौं भने कानमा रुवाँ र आखाँमा साउनने चस्मा लगाउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर तारिफ गरेका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य बाँस्कोटाले प्रधानमन्त्रीले गरेका विकासका कार्यहरुको खुलेर बर्णन गरेका हु न्। उनले धरहरा र मेलम्चीको उदाहरण दिँदै अहिलेको सरकार वर्तमान समयको सबैभन्दा सफल र शक्तिशाली भएको बताए ।

नेता बाँस्कोटाले सरकारले गरेको विकासलाई नदेख्ने हो नसुन्ने हो भने कानमा रुवा राख्न र आखामा साउनने चस्मा लगाउन आग्रह गरेका छन्।

राजनीतिको मैदान खुल्ला छ भन्दै उनले आफै सरकारलाई समर्थन गर्ने आफै अड्काउने आफैँ चड्काउने ? भन्दै संसदमा प्रश्न गर्दै ताजा जनादेशको विकल्प नभएको उल्लेख गरेका छन्।

भारतलगायत बिभिन्न देशको लोकतन्त्रको उदाहरण दिँदै पूर्वमन्त्री बाँस्कोटाले देशमा चुनाव भन्ने बित्तिकै फोविया हुने नेताहरुका कारणले गर्दा मुलुक अस्थिरता र कम्फर्टटेवलतर्फ धकेलिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077