Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाईलाई घाँस भैँसीलाई कुनौरो, तल्लो बाटो हामीलाई घुमाउरो : गोकुल बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी भित्र असन्तुष्ट रहेका नेता माधव नेपाल पक्षका नेताहरु माथि तीखो व्यंग प्रहार गरेका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने नेता बाँस्कोटाले नेकपा विभाजनका बेला सुर्य चिन्ह मेरो भनेर प्रचण्डले दिएको अभियक्तिलाई लिएर व्यंग प्रहर गरेका हुन्।

उतिबेला नेकपामा रहेका एमाले नेता नेपाललाई लक्षित गर्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'दुइ महिना अघि सूर्य चिन्ह नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो।

बाँस्कोटाले न पार्टीको नाम न चुनाव चिन्ह उसै एमाले मेरो रे ? भन्दै प्रश्न गर्दै गाईलाई घाँस हजुर भैसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो भन्दै व्यंग हानेका हुन्।

https://twitter.com/GokulPBaskota/status/1378698860403453955

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077