Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी हुन ज्वाला सिंहको नाममा चन्दा आतंक मच्चाउनेहरु, सिमकार्ड र पैसासहित पक्राउ

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका-५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी, सोही

गाउँपालिका-२ बस्ने ४० वर्षीय भीम बहादुर भण्डारी र नेपालगंज उपमहानगरपालिका-३ सल्यानीबाघ बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-१५ घर भएका २९ वर्षीय ज्योती प्रकाश चौधरी रहेका छन् ।

राप्तीसोनारी गाँउपालिका-५ जुरपानी वस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिँह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077