काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई कटाक्ष प्रकट गरेका छन्।
बिगतमा सुस्त देखिएका नेता पौडेल शुक्रबारको पार्टीको निर्णयदेखि उत्साहित हुँदै नयाँ सरकार गठनकालागि तम्सिए सँगै एमाले नेता बाँस्कोटाले कटाक्ष प्रकट गरेका हुन्।
पूर्व सन्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् कांग्रेस नेता पौडेललाई व्यंग प्रहार गर्दै १८ औँ पटक प्रधानमन्त्री बन्ने प्रयास पनि संसदीय अभ्यास भन्दा बाहिर रहेको आरोप लगाएका छन्।
नेता पौडेललाई कलियुगको रामचन्द्रको संज्ञा दिँदै नेता बाँस्कोटाले पशुपतिनाथलाई सम्झिन्दै चुनावको तयारी राम्रो गरेर तनहुँका कृष्ण सित लड्न आग्रह गरेका छन्।
गत शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठन लागि पहल गर्ने निर्णय लिएपछि पौडेल आज जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न हात्तीवन पुगेका थिए।
उनले लेखेका छन्, 'कलीयुगका रामचन्द्र प्रधानमन्त्री बन्नका लागि अठारौ प्रयासमा त्यो पनि संसदीय अभ्यास भन्दा बाहिर रहेर । पत्याई दिनु नि कसैले त। हे ! पशुपति नाथ। बरु चुनावको तयारी गरे राम्रो तनहुँका कष्ण सित।'
https://twitter.com/GokulPBaskota/status/1378641592135806976