Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'अंश र बंश चाहिए घरमै बस, मुग्लान नपस, आठ दश महिनापछि कस्ले बास देला र ?'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टीमा असन्तुष्ट रहेका माधव नेपाल पक्षका नेताहरुलाई कटाक्ष प्रकट गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै विभाजन भएको नेकपामा रहँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर भनेको वाक्यलाई लिएर कटाक्ष प्रकट गरेका हुन्।

आज सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले पार्टीमा असन्तुष्ट रहेका नेपाल पक्षकालाई लिएर ब्यङ्ग हानेका छन्।

उनले ट्वीटमा भनेका छन्, फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन ? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र ?

उनले लेखेका छन्, 'नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ । फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन ? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ-आठ दश महिना पछि कस्ले बास देला र ?'

https://twitter.com/GokulPBaskota/status/1377918041497858054

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077