Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई बाँस्कोटाको प्रश्न - ओलीको एमालेमा बस्ने कि प्रचण्डको महान् पार्टीमा छलाङ हान्ने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टीबाट निलम्बित गरिएको भनिएका नेता माधवकुमार नेपालसँग एमालेमा बस्ने, माओवादीमा जाने वा फेरि मुद्दा हाल्न जाने गरि तीन विकल्पमात्र बाँकी रहेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा एकता पुनरावलोकनको निवेदन अश्वीकार गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बाँस्कोटाले नेपाल पक्षलाई व्यंग्य गर्दै ‘आफ्नै विधिवाला गुट बनाउन पाउँ भन्दै मुद्दा हाल्न जाने कि रु लौन न निर्णय पाउँ’ भन्दै ट्वीट गरेका छन्।

उनले लेखेका छन्, 'भैगो ल, एकछिन कमरेड माधवकै कुरा मानिदिउँ केपी ओलीले गुट चलाएकै हुन रे । अनि प्रचण्डको छुट्टै गुट छदै थियो । आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊ भन्दै मुद्दा हाल्न जाने ? लौन ! निर्णय पाउँ।'

https://twitter.com/GokulPBaskota/status/1377565961377652740

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077