Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले पनि बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकरी दिए ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

तर शुक्रबारै माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि डाकिएको छ । बैठकमा पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने भोलिको मख्य निष्कर्ष हुने नेपाल पक्षका एक नेताले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077