Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्विटर र फेसबुकको निलम्बनपछि आफ्नै नयाँ सञ्जाल बनाउँदै डोनाल्ड ट्रम्प

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चाँडै नै नयाँ प्लेटफर्ममार्फत् सामाजिक सञ्जालमा फर्किने उनका सल्लाहकारले बताएका छन्।

'मलाई लाग्छ हामी राष्ट्रपति ट्रम्पलाई दुईदेखि तीन महिनामा सामाजिक सञ्जालमा फर्किएको देख्नेछौँ,' जेसन मिलरले एक न्यूजलाई बताए ।

मिलरले त्यो माध्यम सामाजिक सञ्जालमा सबैभन्दा चर्चित हुने र त्यसले सामाजिक सञ्जाल प्रयोगलाई 'पुन:परिभाषित' गर्ने बताए।

गत जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणपछि ट्रम्पलाई ट्विटर र फेसबुकले प्रतिबन्ध लगाएका छन् । सो आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो।

ट्रम्पले थप हिंसाका लागि उकास्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्टलाई स्थायी निलम्बन गरेको बताएको थियो।

 

ट्रम्पले १० वर्ष मूलधारका सञ्चारमाध्यमलाई बेवास्ता गर्दै मतदाताहरूमाझ प्रत्यक्ष कुरा राख्न ट्विटरको प्रयोग गरेका थिए । उनका नौ करोड फलोअर्स थिए ।

ट्रम्प कुन प्लेटफर्मबाट सामाजिक सञ्जालमा फर्किन्छन् भन्ने स्पष्ट छैन।

मिलरले त्यसबारे कुनै जानकारी नदिई सबै जना राष्ट्रपति ट्रम्पले के गर्छन् भन्ने हेर्न कुरिरहेको बताए।

उनले ट्रम्पले फ्लोरिडामा यसबारे केही उच्चस्तरीय बैठक गरेको र थुप्रै कम्पनीले ट्रम्पलाई यस विषयमा सम्पर्क गरिसकेको बताए।

'यो नयाँ प्लेटफर्म ठूलो हुनेवाला छ,' ट्रम्पले करोडौँ व्यक्तिलाई सो प्लेटफर्ममा आकर्षित गर्ने बताउँदै मिलरले भने।  (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077