Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारबाट एमाले संसदीय दलको संशोधित विधान पारित, नेपाल पक्षको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान २०७७ संशोधन सहित पारित भएको हो ।

विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको थियो ।

‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक भट्टराईले भने ।

संशोधित विधानमा दलको नेतालाई स्पष्टिकरण सोध्ने अधिकार दिइएको छ । कुनै सदस्यले पार्टी, संसदीय दल र मुलुकको हित विरुद्धमा गतिविधि गरेको दलको नेतालाई लागेमा स्पष्टिकरण सोध्ने र कारबाही गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ ।

दलको विधान संशोधन लगायतका ओली पक्षका निर्णयमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको भने असन्तुष्टि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077