Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल पक्ष नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकमा चयन गरेका थिए ।

तर, संसदीय दलको बैठकमा एमालेकै खनाल-नेपाल पक्ष भने नजाने भएको छ । ललितपुरको सानेपामा जारी खनाल-नेपाल पक्षीय कार्यकर्ता भेला भएका कारण सो पक्षले नजाने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077