Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अन्तत : ओलीसँग पछि हटेन नेपाल पक्ष, सानेपामा शीर्ष नेताहरुको उपस्थिति

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनको भेला भोलिसम्म चल्ने छ । भेलामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु सहभागी रहेका छन् ।

आजको भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने उक्त पक्षले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई पेलेर जाने रणनीति गरेपछि नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाउँदै आज आफ्नो पक्षको भेला गरेको बताएको छ।

दुईदिनसम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र नेता कार्यकर्ताहरु राजधानी आइपुगिसकेको उक्त पक्षले जनाएको छ । भेलामा अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने छन् ।

पछिल्लो समय एमालेभित्र आन्तरिक द्वन्द चर्किदै गएपछि ओली पक्ष र नेपाल पक्षबीच असमझादारी हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077