Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय कार्यकर्ता भेला सुरु अघि नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुनुअघि स्थायी कमिटीको बैठक बसेको छ ।

११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरु छलफलमा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेपाल पक्षको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भोलिसम्म चल्ने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई पेलेर जाने रणनीति गरेपछि नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाउँदै आज आफ्नो पक्षको भेला गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077