Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्वलायक नेपालको भविष्यका लागि एमाले खडा छ : गोकुल बाँस्कोटा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाले आज हुन गइरहेको नेपाल पक्षको राष्ट्रिय भेलालाई लिएर मुख खोलेका छन् ।

पछिल्लो समय एमालेमा केपी शर्मा ओली नेतृत्वको समूह र माधव नेपाल-झलनाथ खनाल नेतृत्वको समूहबीच तालमेल नमिल्दा पार्टीभित्र आन्तरिक द्वन्द हुँदै गएको छ ।

यसैबीच,पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, 'झण्डुबाम लगाएर आँशु पुछ्दै भनेको हैन ऐतिहासिक विरासत, वर्तमानको यथार्थ र भोली रचिदै गरेको गर्वलायक नेपालको भाष्यभित्र आजको एमाले खडा छ । तसर्थ ओलीको विकल्पमा हैन, ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौ । नगर्नु पर्ने भेला गरे पनि नगर्नु पर्ने काम नगर्नु-सार्थक एकता संभव छ।'

https://twitter.com/GokulPBaskota/status/1371871031179177985

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077