Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल पक्षको राष्ट्रिय भेलालाई ओलीद्वारा तमासाको संज्ञा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षले भोलि आओजन गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई तमासाको संज्ञा दिएका छन्। उनले भोलिको तमासा हेर्न आफु उत्सुक भएको बताएका छन्।

सोमबार बालुवाटारमा आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने 'भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ ।’

‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ ओलीले भने, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’

यसअघि ओलीले माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत समेत गराए ।

ओलीले भने एकथरी अनुहार आज चियापानमा देखिएनन्, यो राम्रो लक्षण हैन । अचाक्ली भयो, अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’ यसको नतिजा राम्रो नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077