Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • समाचारका लागि फेसबुकले अस्ट्रेलियामा न्यूज कोर्पलाई पैसा दिने

    समाचारका लागि फेसबुकले अस्ट्रेलियामा न्यूज कोर्पलाई पैसा दिने

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। फेसबुक अस्ट्रेलियामा रुपर्ट मर्डकको न्यूज कोर्पलाई स्थानीय पत्रिकाका समाचारको लागि पैसा तिर्न तयार भएको छ।

    अस्ट्रेलियाले सामाजिक सञ्जाललाई समाचारका लागि पैसा तिराउने विवादास्पद कानुन पारित गरेको केही सातापश्चात् दुई पक्षबीच सम्झौता भएको हो।



    न्यूज कोर्पले यो सम्झौताको रकम खुलाएको छैन। उसले गत महिला गुगलसँग पनि यस्तै खालको सम्झौता गरेको थियो।



    यो सम्झौतामा अस्ट्रेलियामा न्यूज कोर्पले उत्पादन गर्ने सबै सामग्रीलाई समेट्छ। फेसबुकका शेयर गरिने सबै समाचारहरूमा यो सम्झौता लागु हुनेछ।

    अस्ट्रेलियाको पत्रिका वितरणको कुल ७५ प्रतिशत भाग न्यूज कोर्पद्वारा सञ्चालित पत्रिकाहरूले ओगट्ने बिबिसीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार