Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डसँगको छलफलपछि प्रभु साह र गौरीशंकर चौधरी पुन: माओवादीमै फर्किने सम्भावना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रबाट नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् ।

'शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन्', माओवादीका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।

'अध्यक्ष प्रचण्डले पार्टी छोडेर एमालेमा लागेका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहनु भएको छ । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।

शाह सहरी विकास मन्त्री छन् भने चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् । उनीहरुसँगै गृहमन्त्री रामबहादुर थापा र मणि थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077