Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पोखरामा गुम्बाको नाममा चन्दा रकम उठाई ठगी गर्दै हिंडेका ५ जना पक्राउ

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध रुपमा चन्दा रकम उठाउँदै हिंडेका ५ जनालाई पक्राउ गरेको छ।

गत फाल्गुन २९ गते पोखरा महानगरपालिका वडा नं. १ नयाँगाउ मितेरीटोलस्थित मितेरीपुल नजिक लामा पोशाकमा टाशी छोग्याल गुम्बा गजुरा न.पा. २ कटानी रौतहटको रसिद लिई अबैध रुपमा रकम चन्दा उठाई ठगी गर्दै हिडेको भन्ने सुचनाको आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका वडा नं.१ आहालडाँडा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक बस्ने बर्ष ४२ को छीरिङ भन्ने निमा तामाङ, बर्ष ६० को धन बहादुर लामा, बर्ष ३५ को पदम बहादुर लामा, बर्ष २६ को बिजय लामा र बर्ष ३५ को जितबहादुर थिङ रहेका छन्।

उनीहरुले लामा पोशाक लगाई टाशी छोग्याल गुम्बा गजुरा न.पा. २ कटानी रौतहटको रसिद लिई अबैध रुपमा रकम चन्दा उठाई हिडिरहेको अवस्थामा चन्दा बापत उठाएको रकम ४२ हजार ४९१, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई  ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077