काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्तिको बाबजुद पनि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई तीव्रता दिएको दोहोर्याएका छन् ।
आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्तिक बाबजुदआफु लागि परेको दोहोर्याएका हुन् ।
प्रधानमन्त्री ओलीले केहीले विरोधकै लागि भए पनि विरोध गर्ने गरेको पनि आरोप लगाए ।
‘विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं,’ उनले भने, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’
यसअघि शनिबार भएको एक कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले बिपक्षी र बाह्य शक्तिहरुले काम गर्न नदिइएको बताएका थिए ।
https://www.facebook.com/onlinenepalpage/videos/448286199742117