Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पनि ठोस निर्णय गर्न सकेन जसपाले

काठमाडौं । सत्ता समीकरणको लागि छलफल गर्न नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले आजपनि ठोस निर्णय गर्न भने नसकेको बताएको छ।

शनिबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको तर  निष्कर्षमा पुग्न भने नसकिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ फेरि पनि माओवादी केन्द्रसँग छलफल गर्छौँ, अध्यक्ष ठाकुरले भने।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभामा चौंथो ठूलो दल रहेको जसपा नयाँ सरकार गठनको लागि निर्णायक रहेको छ। जसपासँग संसदमा ३४ सिट छ ।

शुक्रबार बेलुका जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट बार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077