Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ गम्भीर घाइते

बाग्लुङ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नं को पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।

ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए ।

दुर्घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077