Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन एमाले र माओवादीलाई आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सकिने बताएको छ  ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी खारेज भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय विज्ञप्तिमार्फत् गरेको हो ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077