Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न दुई ओटा उपाय भएको भन्दै नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए ।

‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए ।

'भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,' प्रधानमन्त्री मोदीले भने । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उहाँले जानकारी दिए । उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए ।

'कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077