Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा संसदीय दल औपचारिक विभाजन, प्रचण्ड दोस्रो पटक दलको नेता

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ ।

शुक्रवार बसेको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक दलको नेता चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो ।

झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको बैठकमा सहभागी एक सांसदले बताए।

प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको सो समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077