Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षा परिषद्को बैठकमा के-के भयो छलफल ?

काठमाडौं । मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा अध्ययनका लागि प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077