Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसद विघटन : मुलुकमा अराजकता निम्तिन सक्ने भन्दै वरिष्ठ अधिवक्ताको चेतावनी

काठमाडौं । संसद विघटनबिरुद्द सर्वोच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएको बताएका छन्।

एमिकस क्युरीका तर्फबाट बुधबारको संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता खरेलले संसद् विघटन असंवैधानिक भएको बताएका हुन् ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा मुलुकमा अराजकता मात्र आउने भन्दै वरिष्ठ अधिवक्ता खरेलले संसद् विघटन खारेज हुनुपर्ने बताए। 'माथिकाले सीमा नाघ्यो भने तल भएकाहरुले पनि सीमा नाघ्छन्, त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ,’ उनले भने, 'प्रणाली ध्वस्त हुने संघारमा छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए सदर गर्नुस्,'उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077